- संगालोखबर सम्बाददाता
सांकेतिक तस्बीर

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ स्थित भित्रि सडक खण्डमा सिटी सफारीले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय आन्न राईकी ४ बर्षीया छोरी सिहाङ छिन् ।

मंगलवार दिउँसो सवा ३ बजे सडक पार गर्दै गरेको अवस्थामा प्रदेश १-२-००३ ह ५३८ नम्वरको सिटी सफारीले ठक्कर दिएको थियो । सफारीको ठक्करबाट उनी गंभीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि विराटनगरस्थित बिराट नर्सिङ होम ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।

सिटी सफारी र चालक ४८ बर्षीय मन बहादुर तामाङलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!