- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–५, ओख्रे र तुङ्खाका २८ परिवारले ४८ बर्षपछि जग्गाको लालपूर्जा पाएका छन् । शनिबार नापी कार्यालय धनकुटाले डाँडाबजारमा कार्यक्रम गरी उनीहरुलाई लालपूर्जा प्रदान गरेको हो ।

Advertisement

नापजाँचका क्रममा २०३३ सालमा जमिनको स्वामित्व गाँउब्लकको नाममा राखिएपछि ओख्रे र तरङ्खाका २८ घरपरिवार लालपूर्जा पाउनबाट बन्चित थिए । कार्यक्रममा भूमि व्यवस्था तथा गरीवी निवारण मन्त्री शशी श्रेष्ठ, मन्त्रालयका महाप्रबन्धक प्रकाश जोशी र गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई लगायतले संयुक्त रुपमा लालपुर्जा प्रदान गरेका हुन् ।

कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष कुमारजंग याखा र ५ नम्बर वडाका निवर्तमान वडाध्यक्ष पलकबहादुर बस्नेतले लालपूर्जा वितरणको काम सफल भएको भन्दै खुशी व्यक्त गरे ।

चौविसे गाँउपालिका–२ मुढेवासका ५५ घरपरिवारलाई पनि सोहि प्रकृतिको लालपुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ । केही समय पछि उनीहरुलाई पनि लालपूर्जा वितरण गरिने नापी कार्यालयका प्रमुख मिथिलेस यादवले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!