भोजपुरमा गाडी पल्टँदा एकजनाको मृत्यु, १० घाइते
विराटनगर । भोजपुरमा आज बिहान भएको बोलेरो गाडी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
बालाङ्खाबाट मैयुटार जाँदै गरेको को १ ज ३६१७ नम्बरको बोलेरो गाडी आमचोक गाउँपालिका–८ बाह्रकुवा भन्ने स्थानमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्ता प्रहरी निरीक्षक दलकुमार राईका अनुसार एकजनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।...































