संगालोखबर संवाददाता

विराटनगर । विराटनगरको गोग्राहा कलेजले प्राध्यापकका लागि ‘अनुसन्धान प्रस्ताव विकास र अनुसन्धान व्यवस्थापन’ तालिमको आयोजना गरेको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम आयोजना गरिएको हो ।

Advertisement

पाँच दिनसम्म सञ्चालन हुने तालिमको आज उद्घाटन गरिएको हो । समय र परिस्थितिअनुसार क्षमता विकास कार्यक्रमलाई अगाडि बढाउनुपर्ने आवश्यकता महसुस गरेर तालिम आयोजना गरिएको क्याम्पस प्रमुख गोबिन्द अधिकारीले बताए ।

‘समय अनुकूल आफ्नो क्षमता विकास गर्नुपर्छ र त्यसैअनुसार अनुसन्धानका बारेमा हाम्रा लेख रचनाहरूलाई अगाडि बढाउनुपर्छ’, उनले भने, ‘शैक्षिक उपलब्धिमा पनि क्रियाशील हुनुपर्छ, यसले पछिल्ला पुस्तालाई सहयोग पुग्ने छ भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।’

तालिममा गोग्राहा कलेजका १७, जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरका ३, करफोक विद्या मन्दिर इलामका २ जना प्राध्यापकहरूको सहभागिता छ ।

यसैगरी, मदन आश्रित स्मृति बहुमुखी क्याम्पसका २, पब्लिक क्याम्पसबाट ३, सरस्वती पब्लिक क्याम्पस दादरबेरियाका ३ र हरिनगर बहुमुखी क्याम्पस सुनसरीका ३ जना प्राध्यापकको सहभागिता छ । प्राध्यापकहरूलाई प्रमुख प्रशिक्षक प्रा. डा. पेशल खनाल र प्रशिक्षक सहप्राध्यापक टोलनाथ काफ्लेले प्रशिक्षण दिनेछन् ।

उद्घाटन कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक बालेन्द्र हमाल, गोग्राहा कलेज व्यवस्थापन समितिका अध्यक्ष दिपक चापागाईँ, क्याम्पस प्रमुख अधिकारी, पूर्वाञ्चल विश्वविद्यालय शिक्षाशास्त्र संकाय विशेष समिति अध्यक्ष तथा कलेजका प्राध्यापक वेदुकुमार खतिवडा, गोग्राहा कलेजका प्राध्यापक तथा कलेज व्यवस्थापन समिति सदस्य लक्ष्मण गौतम लगायतको उपस्थिति थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!