रबिन कटेल

विराटनगर । भोजपुर नगरपालिका–८ पोखरेका भारत कार्कीको घरमा आगलागी भएको छ । विद्युत सर्ट भएर आज बिहान कार्कीको घरमा आगो लागेको हो ।

Advertisement

आगलागीबाट घर जलेर नष्ट भएको छ । घरभित्र रहेका सामान, लत्ताकपडा लगायत पनि जलेर नष्ट भएका छन् । घरसँगै रहेको कुखुरा फर्ममा पनि आगोले क्षति पुर्याएको छ । फर्ममा रहेका करिब १५० कुखुरा जलेका छन् ।

घरमा लागेको आगो । तस्वीर सौजन्य: मोहन दुराल

बिहान ८ बजेबाट लागेको आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको स्थानीय सञ्चारकर्मी मोहन दुरालले जानकारी दिए । उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका हुन् ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण आउँन बाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement