संगालोखबर संवाददाता

इलाम । इलाम क्षेत्र नम्बर २ मा आज भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा करिब ५७ प्रतिशत मत खसेको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेकोमा ६९ हजार २८७ मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

Advertisement

आयोगका अनुसार उपनिर्वाचनमा ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र अन्य २ जनाले मतदान गरेका छन् । इलाम–२ मा राजनीतिक दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का प्रतिस्पर्धामा छन् ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम लगायत चुनावी प्रतिस्पर्धामा छन् ।

मतदान सकिएपछि मतपेटिका धमाधम सदरमुकाम पुर्याउने काम भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार रातिसम्ममा मतपेटिका संकलन भइसक्ने छ । भोलि आइतबार बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने भएको छ ।

मतगणना सदरमुकामस्थित गौतमबुद्ध सभा हलमा हुने छ । त्यसका लागि आवश्यक सबै तयारी पूरा गरिएको जनाइएको छ । यसअघि जिल्ला निर्वाचन कार्यालयले आजै मतपेटिका संकलन भइसकेर आजबाटै मतगणना गर्ने तयारी भइरहेको जनाएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!