संगालोखबर संवाददाता

इलाम । प्रतिनिधिसभा सदस्य चयनका लागि हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११ बजे सुरु गरिने भएको छ ।

Advertisement

राति अबेरसम्म सबै क्षेत्रका मतपेटिका संकलन भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा ती मटपेटिका संकलन गरिएको हो ।

मतगणना गर्ने सम्बन्धमा बिहानदेखि जारी सर्वदलीय, सर्वपक्षीय बैठक सकिएको छ । बैठकमा ११ बजेबाट मतगणना सुरु गर्ने सहमति भएको कार्यालयले जनाएको छ ।

मतगणनाक्रम मटपेटिका भण्डारण गरिएको आधारमा हुने जनाइएको छ ।

त्यसअनुसार सुरुमा फाकफोकथुमबाट आएको मतपेटिकाको मत गणना गरिनेछ । त्यसपछि क्रमशः चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र इलाम नगरपालिकाको मत गणना गरिनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!