संगालोखबर संवाददाता

इलाम । प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना धमाधम भइरहेको छ । प्रारम्भिक चरणको मतगणना परिमाण घोषणा हुँदा पाँचजना उम्मेदवारले एउटा पनि मत पाएनन् ।

Advertisement

जिल्ला निर्वाचन कार्यालयका अनुसार १ हजार ५२१ मत गणना हुँदा एकीकृत समाजवादी पार्टीका उम्मेदवार जीतबहादुर राईसहित पाँचजना उम्मेदवारले शून्य मत पाएका हुन् ।

अन्य उम्मेदवारहरू धनराज राना मगर, जयवन्त विक्रम शाह, डाकप्रसाद गौतम र मनोज निरौलाले पनि मत पाउन सकेनन् ।

यस्तै, राप्रपाका लक्ष्मी गुरुङले ४ मत पाएका छन् । मुख्य प्रतिस्पर्धीमध्येका नेपाली कांग्रेसका डम्बर खड्का ६५७ मतसहित अग्रस्थानमा छन् ।

प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५३४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह लिम्बुले १८७ मत पाएका छन् । रास्वपाका मिलन लिम्बुले ११५ मत पाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!