संगालोखबर संवाददाता

विराटनगर । वैशाख १५ मा इलाममा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि प्रहरीले तीन चरणको सुरक्षा योजना बनाएर लागू गरेको छ । बझाङमा हुने प्रदेशसभा निर्वाचनका लागि पनि सोही योजना लागू गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

निर्वाचनपूर्व, निर्वाचनको अवधि एवं निर्वाचनपछि गरी तीन चरणको सुरक्षा योजना लागू गरिएको प्रहरी प्रवक्ता (डीआईजी) भीमप्रसाद ढकालले बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

इलाम–२ मा प्रतिनिधिसभा र बझाङ–१ मा हुने प्रदेशसभाको उपनिर्वाचनमा प्रहरीले १२ वटा सम्भावित खतरा पहिचान गरेको छ । उपनिर्वाचनमा १ हजार २४ जना प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको डीआईजी ढकालले जानकारी दिए ।

निर्वाचन सुरक्षामा २ हजार ३ सय ८७ जना प्रहरी परिचालन गरिने जनाइएको छ । इलाममा १ हजार ३६३ जना र बझाङमा १ हजार २४ जना प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ४२ वटा मतदानस्थललाई अति संवेदनशील वर्गीकरण गरिएको छ । इलाममा १९ र बझाङमा २३ मतदानस्थललाई अति संवेदनशील वर्गीकरण गरिएको हो ।

अति संवेदनशील मतदानस्थलमा १२ देखि १७ जना प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । पाँचवटा परिस्थिति आएमा बल प्रयोग गर्न निर्वाचन सुरक्षामा खटिने प्रहरीलाई अनुमति दिइएको छ ।

मतदान केन्द्रमा हिंसात्मक गतिविधि हुने सूचना पाएमा, झगडा भएर मतपेटिका तहसनहस हुने अवस्था आएमा, मतदान केन्द्रमा सशस्त्र आक्रमण हुने अवस्था आएमा प्रहरीले बल प्रयोग गर्न सक्ने जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement