सन्तोष सुवेदी/संगालोखबर
तस्वीर सौजन्यः सिजन नेपाल

धनकुटा । धनकुटाको पाख्रीबासमा रहेको एक होटलमा आगलागी भएको छ । बुधबार विहान सब्जी पकाउने कराईको तेलबाट आगो सल्किएर होटलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

पाख्रीबास नगरपालिका–४ स्थित रिनटिन डाँडा छेउमा रहेको स्टाफ होटलमा आगलागी भएको हो । आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Advertisement

होटल पूर्ण रुपले जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

धनकुटा नगरपालिकाको दमकलको सहायतामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले करिब दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement