संगालोखबर संवाददाता
सांकेतिक तस्वीर

विराटनगर । झापाको शिवसताक्षीमा बुधबार बिहान भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । बोलेरो गाडीसँग ठोक्किँदा एउटै मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्वपश्चिम राजमार्गअर्न्तगत शिवसताक्षी नगरपालिका वडा नम्बर ८ मा पर्ने सडकमा दुर्घटना भएको हो । पश्चिमबाट जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्र १–०१–००१ च ९३२९ नम्बरको गाडी आपसमा जुधेका थिए ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते उनीहरूलाई उपचारका लागि बिर्तामोडको विएण्डसी अस्पताल लगिएको थियो। चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । मृतकहरूको सनाखत भइसकेको छैन । प्रहरीका अनुसार आफन्तहरू आएपछि उनीहरूको सनाखत हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!