संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका-७ की प्रज्ञा बारकोटी श्रेष्ठ मृत फेला परेकी छन् । बसपार्क नजिक माइती घरमा बस्दै आएकी २६ वर्षीया श्रेष्ठ आइतबार साँझ घरमै मृत फेला परेकी हुन् ।

Advertisement

माइती घरको माथिल्लो तलाको सुत्ने कोठामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको स्थानीय सुन्दरबाबु श्रेष्ठले जानकारी दिए । उनका बुवा तुलसी बारकोटीले मदनचोकमा पुस्तक पसल सञ्चालन गर्दै आएका छन् । दिउँसो बुबाले पसल जाउ भन्दा नमानेर घरमै बसेकी उनी साँझ गेट बन्द गरेर झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

मृतक श्रेष्ठका श्रीमान रोशनले मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका छन् । उनीहरूका ७ वर्षीय छोरा छन् ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली पुगेर शवको मुचुल्का गरेको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि धनकुटा जिल्ला अस्पतालमा ल्याइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!