संगालोखबर संवाददाता

इलाम । प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । उनी निकटतम प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तरले अघि देखिएका छन् ।

Advertisement

पछिल्लो तथ्याङ्कअनुसार १८ हजार ९४८ मत गन्दा नेम्वाङले २ हजार २८२ को मतान्तर बनाएका छन् । उनले ७ हजार ६७७ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले ५ हजार ३९५ मत ल्याएका छन् ।

प्रारम्भिक चरणमा गणना गरिएको फाकफोकथुम गाउँपालिकाबाट नेम्वाङलाई राम्रो मत प्राप्त भएको नेताहरुले बताएका छन् । यसअघि कांग्रेसको प्रभावक्षेत्र मानिँदै आएको उक्त पालिकाबाट एमालेले आफ्ना पक्षमा मत पार्न मेहनत गरेको देखिएको छ ।

यसैगरी उक्त क्षेत्रका लागि महत्वपूर्ण मानिएको अर्को पालिका चुलाचुलीमा पनि एमालेका पक्षमा उत्साहजनक मत देखिएको छ । चुलाचुलीको प्रारम्भिक चरणको मतगणना जारी छ । उक्त पालिकामा यसअघिका निर्वाचनमा कांग्रेसले बढी मत पाउँदै आएको थियो । यसपटक भने एमालेका पक्षमा देखिएको छ ।

पहिचान पक्षधर उम्मेदवारले मत तान्ने अनुमान गरिएकामा एमालेले आफ्नो मत सुरक्षित राख्न सकेको नेताहरुको विश्लेषण छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ५८ मत प्राप्त गरेका छन् । यस्तै, रास्वपा उम्मेदवार मिलन लिम्बुले हालसम्म १ हजार १६२ मत पाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!