संगालोखबर संवाददाता

इलाम । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पपा) बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

Advertisement

उनी आफ्नो दलको चुनाव चिह्न भएको ‘ब्याज’ लगाएर शनिबार भएको मतदानमा सहभागी भएका थिए । त्यसको तस्बिर सार्वजनिक भएपछि उनले आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको हो ।

उम्मेदवार लिम्बुले चुनाव चिह्नको लोगो लगाएर मतदान गर्नु आचारसंहिता विपरीत भएकाले निर्वाचन सम्पन्न भएपछि पनि आयोगले कारबाही गर्न असर नपर्ने जानकारी दिइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!