संगालोखबर संवाददाता

विराटनगर । तराईका विभिन्न भागमा पाँच दिनसम्म तातो हावा चल्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले बैशाख २० गतेसम्म तातो हावाको लहर चल्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

Advertisement

महाशाखाले आइतबार विराटनगर, दाङको घोराही, भैरहवामा तातो हावा चल्ने प्रक्षेपण गरेको छ ।

यसैगरी, पहाडी जिल्लाका खोंच तथा उपत्यकामा पनि तापक्रम बढ्ने अनुमान गरिएको छ ।

मधेश प्रदेशसहित तराईका अधिकांश जिल्लाको तापक्रम केही दिनयता ४० डिग्री सेल्सियसभन्दा माथि पुगिरहेको छ । तापक्रम अझै केही दिन नघट्ने महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।

पछिल्लो २४ घन्टामा भैरहवामा सर्वाधिक ४२.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । त्यस्तै, नेपालगञ्जमा ४०.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ ।

यसैबीच, कोशी, लुम्बिनी र मधेश प्रदेशका तराई भागमा आइतबार दिउँसो र साँझ पनि केही हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

स्थानीय र पश्चिमी वायुको प्रभावले कोशी, गण्डकीका केही भागमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको पनि जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!