संगालोखबर संवाददाता
फायल तस्बीर

काठमाडौं । रोजगारीका लागि स्पेन र क्रोएसिया पठाइदिने भन्दै ११ जनालाई ठगी गरेको छुट्टाछुट्टै घटनामा प्रहरीले धनकुटा र दमकका दुई जनालाई पक्राउ गरेको छ । स्पेन पठाइदिने प्रलोभन दिएर आठ जनाबाट ५६ लाख र क्रोएसिया पठाइदिन्छु भन्दै २ लाख ५५ हजार रुपैयाँ ठगेको प्रहरीको आरोप छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार स्पेन पठाइदिन्छु भनेर पैसा लिइ ठगी गरेको आरोपमा पक्राउ पर्नेमा बुढानीलकण्ठ–६ हात्तीगौंडा बस्ने दमक–५ का ३८ वर्षीय विजय भण्डारी छन् ।

Advertisement

उजुरी आएपछि उनलाई राजधानीको बबरमहलबाट पक्राउ गरिएको हो । यसैगरी, क्रोएसिया पठाइदिने भन्दै तीन जनालाई ठगेको आरोपमा काठमाडौंको चाबहिल बस्दै आएका धनकुटाको साँगुरीगढी-५ का ५२ वर्षीय कुलबहादुर लिम्बू पक्राउ परेका हुन् ।

दुवैलाई अनुसन्धान तथा कारबाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement