रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटामा गएराती मोटरसाइकलमा आगजनी गरिएको छ । धनकुटा-७ जिरोप्वाइन्टस्थित पार्किङ स्थलमा राखिएको को ९ प ७७०५ नम्बरको २२० सीसीको एभेन्जर मोटरसाइकलमा आगो लगाइएको हो ।

Advertisement

घर नजिक रहेको पार्किङ स्थलमा राखेका बेला राती केही युवाहरूले मोटरसाइकलमा आगो लगाएर भागेको मोटरसाइकल धनी समिर उराउले जानकारी दिए । ‘हामीले जिरोप्वाइन्टमा मोटरसाइकल पार्किङ गर्ने बेग्लै ठाउँ बनाएका छौं, बेलुका त्यही मोटरसाइकल राखेको थिए,’ उराउले संगालोखबरसँग भने, ‘राती ११ बजेतिर केही केटाहरू आएर मोटरसाइकलमा आगो लगाएर भागेछन् ।’

२/३ जना युवाहरूले मोटरसाइकलमा आगो लगाएर भागेको दृष्य नजिकको सीसीटीभी फुटेजमा देखिएको उराउ बताउँछन् । मोटरसाइकलमा आगो लागेको थाहा पाएपछि स्थानीयले आगो निभाएका थिए । आगोले मोटरसाइकलको अधिकांश भाग जलेको छ । कसले र किन आगो लगायो भन्ने खुलेको छैन ।

उराउले प्रहरीलाई खबर गरेपछि राती नै प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाको विषयमा थप अनुसन्धान अघि बढाइएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement