संगालोखबर संवाददाता

विराटनगर । अखिल नेपाल ट्रेड युनियन महासंघ मोरङ जिल्ला कमिटीले आयोजना गरेको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको छ ।

Advertisement

दुई महिने संगठन सुदृढीकरण अभियान उद्घाटन र १३५औं श्रमिक दिवसको अवसरमा महासंघले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद अमनलाल मोदी, केन्द्रीय सदस्य भोगेन्द्र यादव, केन्द्रीय सदस्य हेक कार्की, नेताहरू राजेन्द्र मण्डल, उपेन्द्र राय लगायतको उपस्थिति थियो ।

खुल्ला रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको पार्टीका केन्द्रीय सदस्य भोगेन्द्र यादवले जानकारी दिए ।

नेकपा माओवादी केन्द्र विराटनगर महानगरपालिकाको पूर्वेली संगठन सुदृढिकरण अभियान असार १५ गते सकिने जनाइएको छ । अभियानअन्तर्गत कार्यकर्ता भेटघाट, बैठक, संगठन विस्तार लगायतका क्रियाकलाप हुने यादवले जानकारी दिए ।

केन्द्रीय तथा प्रदेश समितिका सदस्यहरूको नेतृत्वमा प्रत्येक स्थानीय तह र वडा वडामा पुगेर अभियान सञ्चालन गरिने उनको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!