मोहन ढकाल/संगालोखबर


विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–२ की अञ्जिराकुमारी पोद्दारले जग्गाको विषयलाई लिएर केही व्यक्तिले दैनिक धम्क्याइरहेको बताएकी छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गरी उनले आफ्नो परिवारलाई दैनिक धम्की आइरहेको बताएकी हुन् ।

उनको परिवार ऐलानी जग्गामा बसोबास गरिरहेको छ । २०३६ सालदेखि बसोबास गरिरहेको तर केही व्यक्तिले उक्त जग्गा आफ्नो नाममा रहेको भन्दै खाली गर्न बारम्बार धम्क्याइरहेको उनले बताइन् ।

Advertisement

‘हामीलाई २०६९ देखि नै दुःख दिइरहेका थिए । बारम्बार समस्यामा पर्दै आएका हौँ’ उनले भनिन्, ‘प्रमोदकुमार साह र मनोजकुमार साहले बसिरहेको ठाउँ तत्काल खाली गर्न भन्दै लगातार दुःख दिइरहेका छन् ।’

जग्गा ऐलानी भएपनि मनोज र प्रमोदले अर्कै जग्गाको धनीपूर्जा देखाएर जग्गा आफ्नो भएको बताउँदै आएको उनको भनाइ छ ।

उनले भनिन्, ‘दलालीहरूको हालीमुहाली भएर यस्तो अवस्था आएको हो । दलालहरुले यो जग्गामा आँखा लगाएका छन् । धम्क्याएरै भएपनि कब्जा गर्न सकिन्छ भन्ने उनीहरूले सोचेका होलान् ।’

ऐलानी जग्गालाई हाम्रो नम्बरी जग्गा हो भन्दै उनीहरूले दिनहुँ धम्क्याउँदा समेत कुनै निकायले सहयोग नगरेको उनले गुनासो गरिन् । यस विषयमा वडामा पनि बारम्बार गुनासो गरेको भएपनि वडाले केही गर्न नसकेको सुनवर्षी–२ का वडाध्यक्ष विनोद राजवंशीले बताए ।

पोद्दार बसोबास गरिरहेको जग्गा केही बाटोको पर्ने र अरु नम्बरी नै रहेको उनले बताए । यो विषय अदालतमा पुगिसकेको उनले बताए । पछिल्लो समय यस विषयमा के भइरहेको छ भन्ने जानकारी आफूलाई नभएको उनले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!