संगालोखबर संवाददाता

इलाम । इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको भन्दै स्थानीय प्रशासनले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ ।

Advertisement

भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्न सुरक्षा निकायले सबै तयारी पूरा भएकाले ढुक्कका साथ मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले निर्वाचन सुरक्षाका लागि विशेष व्यवस्था अपनाइएको भन्दै निर्भयका साथ मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई आग्रह गरेका छन् ।

उपनिर्वाचनको सुरक्षालाई ध्यानमा राखेर नेपाल प्रहरीले मतदाता, मतदानस्थल, मतपेटिका, उम्मेदवार र विशिष्ट व्यक्तिको सुरक्षाका लागि चाहिने सबै सुरक्षा प्रबन्ध मिलाएको जिल्ला प्रशासनले जनाएको छ ।

उपनिर्वाचनमा मतदान केन्द्रको भित्री सुरक्षा नेपाल प्रहरीले गरिरहेको छ । मतदानस्थल बाहिरको सुरक्षा जिम्मा सशस्त्र प्रहरी बललाई दिइएको छ । यस्तै, नेपाली सेनाले निर्वाचन क्षेत्रभरिको अवस्थाको विश्लेषण गरी ‘पेट्रोलिङ’ गर्ने र सुरक्षा अवस्थाको बारेमा जानकारी लिने काम गर्ने जनाइएको छ ।

केही अति संवेदनशील र संवेदनशील मानिएका मतदान केन्द्रमा त्यसैअनुसारको सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ ।

इलाममा समान्य मतदान केन्द्रमा ८ देखि १३ जना, संवेदनशील मतदान केन्द्रमा ९ देखि १४ जना र अतिसंवेदनशील क्षेत्रमा १२ देखि १७ जना नेपाल प्रहरीका सुरक्षाकर्मी खटाइएको प्रशासनले जनाएको छ ।

इलाममा नेपाल प्रहरीका १ हजार ३ सय ६३ जना जनशक्ति परिचालन गरिएका छन् भने सशस्त्र प्रहरी बलको इलाममा ५ सय ५० जना जनशक्ति परिचालन गरिएको छ ।

यसैबीच, निर्वाचन आयोगले पनि उपनिर्वाचनका लागि सबै सुरक्षा उपायहरु लागू गरिएको भन्दै ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!