माधव घिमिरे/संगालोखबर
तस्बिरः सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–६ फोक्लेण्डटापु नजिक सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । सङ्खुवासभाको मुढे शनिश्चरेबाट धरान जाँदै गरेको को १ ज २३३८ नम्बरको सुमो आज बिहान करिब ११ः१५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी झापाको बिर्तामोड–७ की खड्गमाया कार्की, युवराज कार्की, सङ्खुवासभाको धर्मदेवी–१ की सुनिता खड्का, सरिता खड्का, सुशीला खड्का, दीक्षा कार्की, इटहरी–४ का गगन चौलागाईं र ईश्वर चौलागाईं घाइते भएका छन् ।

Advertisement

तीनजना घाइतेको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । बाँकी घाइतेलाई थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले बताए ।

गाडी चालक सङ्खुवासभाको धर्मदेवी नगरपालिका–५ का २६ वर्षीय निमा लाक्पा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement