रबिन कटेल

विराटनगर । झापाका सहकारीहरूमा चोरी गर्ने छ जना युवा इटहरीबाट पक्राउ परेका छन् । झापाका बिभिन्न स्थानमा रहेका सहकारीमा योजनावद्ध रुपमा चोरी गर्दै आएका युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका-५ का ३० वर्षीय सोमलाल स्याङ्तान, सुनिल भनिने २१ वर्षीय सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका-८ का २८ वर्षीय अजय राना मगर छन् ।

उनीहरूले फरक फरक मिति र समयमा झापाका १३ वटा सहकारीबाट योजनावद्ध रुपमा ३० लाख १६ हजार ६ सय ८७ रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ । सहकारीहरूमा चोरी बढेपछि अनुसन्धान तथा खोजतलासमा खटिएको प्रहरी टोलीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीका अनुसार उनीहरु इटहरीका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ परेका हुन् । उनीहरूको साथबाट २ थान मोटरसाइकल, सहकारी चोरीमा प्रयोग गरिएका औजार लगायत बरामद भएको छ ।

पक्राउ परेकाहरूविरुद्ध प्रहरीले झापा जिल्ला अदालतमा चोरी कसुरमा मुद्दा दायर गरेर उनीहरूको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement