संगालोखबर संवाददाता

विराटनगर । नेपाल ट्रेड युनियन महासंघ जिफन्टको विराटनगर महानगर कमिटी गठन भएको छ । जिफन्ट कोशी प्रदेश युवा कमिटीको आयोजनामा भएको विराटनगर महानगर कमिटीको प्रथम भेलाले १३ सदस्यीय कमिटी गठन गरेको हो ।

Advertisement

कमिटी अध्यक्षमा रमेशकुमार राय, उपाध्यक्षमा सिर्जना लिम्बू, सचिवमा सोफिया केसी, सह-सचिवमा श्याम मण्डल चयन भएका छन् ।

सदस्यहरूमा जेसिका विश्वकर्मा, दिलिपकुमार मेहता, भोलाकुमार तबदार, दिनेशकुमार उराव, सञ्जु साह, विविशा राई, शाहदत्त अली, शकुन्तला भगत र शेखावत अली चयन भएका छन् ।

जिफन्ट कोसी प्रदेश युवा कमिटी अध्यक्ष भली सुब्बाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमला थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!