संगालोखबर सम्वाददाता

विराटनगर । इलाम क्षेत्र नं.–२ उपनिर्वाचनको मतगणनाका विषयमा अहिले सर्वदलीय बैठक जारी छ । बैठकमा राजनीतिक दलका प्रतिनिधि, उम्मेद्वार, निर्वाचनका कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायत सहभागि छन् ।

Advertisement

बैठकले मतगणनाको समय टुंगो लगाउँनेछ । इलाम-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवास नेम्वाङको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचनका लागि हिजो मतदान भएको हो । निर्वाचन आयोगका अनुसार १ लाख १५ हजार ८८९ मतदाता रहेको सो क्षेत्रमा ५७ प्रतिशत अर्थात ६९ हजार २८७ जनाले मतदान गरेका छन् ।

सबै मतदान केन्द्रबाट मतपेटीका संकलन गरेर मतगणना स्थलमा ल्याइएको छ । सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु गरेर चाँडै मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!