संगालोखबर संवाददाता

इलाम । प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम–२ मा आज भएको उपनिर्वाचनको मतगणना आजै सुरु गरिने भएको छ । सबै मतदानस्थल र केन्द्रमा मतगणना सम्पन्न भएको उल्लेख गर्दै निर्वाचन कार्यालयले आजै बेलुकादेखि मतगणना थाल्ने तयारी गरेको हो ।

Advertisement

इलामका प्रमुख निर्वाचन अधिकृत केशवकुमार घिमिरेका अनुसार मुचुल्का गरेर मतपेटिका संकलन गर्ने काम भइरहेको छ । मतपेटिकाहरु संकलन भएर आवश्यक प्रक्रिया पूरा गरेपछि आजैदेखि मतगणना सुरू गर्ने तयारी गरिएको उनले बताए ।

मतदानस्थलहरु रहेका स्थान सबैतिर सडक सञ्जाल रहेकाले आजै मतपेटिका सदरमुकाम ल्याउन सकिने जनाइएको छ । मतपेटिका संकलन भइसकेपछि सदरमुकामस्थित सिटी हलमा मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रमुख निर्वाचन अधिकृत घिमिरेका अनुसार मतगणनास्थलमा तारजाली लगाउनेदेखि सिसी क्यामेरा जडान गर्ने काम भइसकेको छ । इलाममा यसपालि करिब ५७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!