संगालोखबर संवाददाता

विराटनगर । भोजपुरमा आज बिहान भएको बोलेरो गाडी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

Advertisement

बालाङ्खाबाट मैयुटार जाँदै गरेको को १ ज ३६१७ नम्बरको बोलेरो गाडी आमचोक गाउँपालिका–८ बाह्रकुवा भन्ने स्थानमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्ता प्रहरी निरीक्षक दलकुमार राईका अनुसार एकजनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।

गाडीमा सवार अन्य करिब १० जना घाइते भएको उनले संगालोखबरलाई जानकारी दिए । घाइतेहरुको उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा टोली पुगिसकेको उल्लेख गर्दै घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रवक्ता राईले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!