संगालोखबर संवाददाता

इलाम । इलाम–२ को हिजो सम्पन्न निर्वाचनको प्रारम्भिक मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् ।

Advertisement

फाकफोकथुम गाउँपालिका वडा–१ को मत गन्दा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६५७ मतका साथ अग्रता बनाएका हुन् ।

उनी नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङभन्दा १२३ मतले अघि देखिएका छन् । सुहाङले ५३४ मत प्राप्त गरेका छन् ।

यसैगरी अर्का प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले १६७ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ११५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!