सयपत्री फूल खेतीबाट मनग्य कमाउँदै श्रेष्ठ
धनकुटा । धनकुटा नगरपालिका–५ कर्मिटारका गोविन्द श्रेष्ठले सयपत्री फूल खेतीबाट मनग्य आम्दानी गर्ने गरेका छन् । तीन वर्ष अघिदेखि व्यवसायिक फूल खेतीमा लागेका श्रेष्ठले अहिले फुल बिक्री गरेर वार्षिक ४ लाख भन्दा बढी कमाइरहेका छन् ।
श्रेष्ठले करिब तीन रोपनी क्षेत्रफलमा फूल खेती गर्दै आएका छन् । उनको बारीमा फुलेको फुल धरान, विराटनगर लगायत ठूला शहरहरूमा पुग्ने गर्छ । तिहारका बेला सयपत्री फुल किन्न व्याप...






























