- संगालोखबर सम्बाददाता

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आइतबार तिहारसहितका चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । काग तिहारको अवसर पारेर तिहार, छठ, नेपाल सम्वत्, वाढाङ्मी, चासोक तङनाम र उँधौली पर्वको शुभकामना आदानप्रदान गरिएको हो ।

Advertisement

कार्यक्रममा महासंघका तर्फबाट अध्यक्ष नगेन्द्र राईले सहभागीहरूलाई शुभकामना व्यक्त गरे । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङसहित बिभिन्न संघसंस्था, राजनीतिक दल लगायतका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी कार्यक्रममा सहभागि थिए ।

महासंघले हरेक वर्ष दशैं, तिहारसहित बिभिन्न पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको छ ।

 

कार्यक्रममा मनोरञ्जनका लागि हाउजी बिङ्गो खेल पनि खेलाइएको थियो । हाउजीमा गौरवनारायण राई र विशाल लम्जेलले हाउसफुल पार्दै जनही एक/एक हजार नगद पुरस्कार पाएका छन् ।

त्यस्तै, टिकाप्रसाद घिमिरेले पहिलो लाइन, सिद्धराज राईले दोस्रो लाइन र डिल्लीकृष्ण आलेले तेस्रो लाइन मिलाए । सिद्धराज र गौरबनारायणले दुई/दुई पुरस्कार हात पार्न सफल भए ।

सिद्धराजले सबैभन्दा पहिले पाँच अंक मिलाए भने गौरबनारायणले चार कोण मिलाउँदै दुई पुरस्कार जित्न सफल भए । हाउसफुल बाहेकका अन्य विजेतालाई जनही पाँच/पाँच सय पुरस्कार प्रदान गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!