- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर बसपार्कमा रहेको न्यु अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा एक युवकको हत्या भएको छ । सिरहाको गोलबजारका १८ बर्षीय अंशु सदाको अपहरणपछि हत्या भएको हो ।

अपहणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेर उक्त गेष्ट हाउसमा राखेका थिए । १ लाख रुपैयाँ फिरौती नदिँदा विहीवार बेलुका उनको हत्या भएको प्रहरीले जनाएको छ । उनलाई इँटाले मुखमा हानेर कोठाभित्रै हत्या गरेपछि शवलाई बक्स पलङभित्र हालेर अपहरणकारीहरु भाग्ने कोसिसमा थिए ।

प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगरका मनोज कार्की धनुषाका विष्णु मण्डल र राजेश ठाकुर छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!