- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा बसपार्कमा आइतबार राती सञ्चालित हाउजी बिङ्गो खेलमा धनकुटा नगरपालिका–६ स्थित नासल चौकका निकेश खड्गीले मोटरसाइकल पुरस्कार पाएका छन् । हाउजीमा ३ सय रुपैयाँको टिकटबाट हाउसफुल पार्दै २८ बर्षीय खड्गीले पुरस्कार स्वरुप १५० सीसीको पल्सर मोटरसाइकल पाएका हुन् ।

Advertisement

सो मोटरसाइकलको बजार मूल्य करिब २ लाख ८० हजार पर्छ । पुरस्कार पाउँने व्यक्तिले १५ हजार मूल्य भने तिर्नु पर्ने आयोजक देउराली यूवा क्लवका अध्यक्ष उदिप राईले संगालोखबरलाई बताए ।

हाउजी खेल्नका लागि धनकुटा बजारसहित हिले, पाख्रीवास, सिधुवा, मुलघाट, भेडेटार लगायत क्षेत्रबाट पनि सयौंको संख्यामा मानिसहरु आएका थिए । सो क्लवले दशैं तिहारको अवसर पारेर करिब दुई साता अघिदेखि हाउजी खेलाइरहेको छ ।

भोलिदेखि पनि नियमित खेलाइने अध्यक्ष राईले बताए । दशैं तिहारको अवसरमा हरेक बर्ष धनकुटामा हाउजी खेलाउँने गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!