- संगालोखबर सम्बाददाता

धनकुटा । सत्ता गठबन्धनको निर्णय विपरित धनकुटा क्षेत्र नं. २ मा बागी उम्मेद्वारी दिएका नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका जिल्ला सभापति बालानन्द दाहाललाई कांग्रेसले कारबाही गरेको छ । दाहालले उम्मेद्वारी फिर्ता नलिएपछि बुधबार उनलाई कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो ।

Advertisement

महालक्ष्मी नगरपालिका–१ मारेककटहरे घर भएका सभापति दाहालले प्रदेश सभा सदस्यका लागि स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका थिए । बुधबारसम्म उम्मेद्वारी फिर्ता लिने समय थियो । तर, उनले उम्मेद्वारी फिर्ता नलिएपछि कांग्रेसले उनलाई कारबाही गरेको हो ।

कांग्रेस जिल्ला सभापति दिनेश राईले बुधबार प्रेस विज्ञप्ति जारी गरेर दाहाललाई पार्टीबाट निष्कासन गरिएको जानकारी दिएका छन् । पार्टीको अनुशासन विपरित गठबन्धनका उम्मेद्वारको विरुद्ध बागी उम्मेदवारी दिएकाले पार्टीको केन्द्रिय कार्य समितिको निर्देशन अनुसार नेपाल विद्यार्थी संघको सभापति र पार्टीको क्रियासिल सदस्यबाट दाहाललाई हटाइएको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले क्षेत्र नं.२ का तीन वटै पालिका जित्दा पनि सो क्षेत्रमा गठबन्धनबाट कांग्रेसलाई टिकट नदिइएको र २ नं.क्षेत्रभन्दा बाहिरको उम्मेद्वारलाई टिकट दिएकाले बागी उम्मेद्वारी दिएको दाहाल बताउँछन् । गठबन्धनले धनकुटा नगरपालिका–३ कागते निवासी नेकपा माओवादी केन्द्रकी नेतृ कुसुमकुमारी श्रेष्ठलाई सो क्षेत्रको टिकट दिएको छ ।

यसैबीच, स्वतन्त्र उम्मेद्वारी दिएका दाहाललाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार काउली (बन्दाकोभी) चुनाव चिन्ह प्रदान गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!