- संगालोखबर सम्बाददाता

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित सभाखोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता भएका छन् । खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम बेपत्ता भएका हुन् ।

Advertisement

आफ्नै गाडी लिएर सोमबार सभाखोला गएका बाबुछोरा घर नफर्केपछि मंगलवार बिहान आफन्तले प्रहरीलाई खबर गरेका थिए । प्रदेश १–०२–००२ च ५९२० नम्बरको बलेरो जीप, कपडा, जुत्ता, मोबाइल फोन, साबुन लगायतका सामग्री सभाखोला किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेपत्ता बाबुछोराको खोजी भइरहेको प्रहरीको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!