पाख्रीवास नगरका कर्मचारीद्वारा ‘पेनडाउन’
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाका कर्मचारीहरूले शुक्रबार ‘पेनडाउन’ गरेर अत्यावश्यक बाहेकका सम्पूर्ण कामकाज ठप्प पारेका छन् । प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईले प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई धम्की दिएको भन्दै कर्मचारीहरूले ‘पेनडाउन’ गरेका हुन् ।
पाख्रीवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले सूचना जारी गरेर पेनडाउन गरिएको जानकारी गराएका छन् । कर्मचारीहरूको शुक्रबा...





























