- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटा नगरपालिका–९ चिम्सुवाबाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका–३ की ४९ बर्षीया बिष्णु कुमारी राई र ४३ बर्षीय उद्धिम भनिने उमेश राई छन् ।

बिशेष सूचनाका आधारमा मुलघाट प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बुधवार बिहान साँढे १० बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट पाँच/पाँच किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Advertisement

दुवै जनालाई पक्राउ गरेर प्रहरीले उनीहरुको कारोवारका बिषयमा थप अनुसन्धान अघि बढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!