संगालोखबर सम्वाददाता

खोटाङ । खोटाङमा अरिङ्गालको टोकाइबाट एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियार छन् ।

Advertisement

शुक्रबार बाटो हिँडिरहेको अवस्थामा बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिङ्गालले टोक्दा परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

परियारसँगै हिँड्दै गरेका सोही स्थानका २५ वर्षीया शर्मिला नेपाली र ७२ वर्षीय नैनसिंह दर्जी घाइते भएका छन् । जिल्ला अस्पताल खोटाङमा उनीहरुको  उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!