- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–६ थलथलेकी अञ्जु राईले हाउजी बिङ्गो खेलमा हाउसफुल गरेर स्कुटर पुरस्कार पाएकी छन् । धनकुटा बसपार्कमा आज राती सञ्चालित हाउजी बिङ्गो खेलमा ३ सय रुपैयाँको टिकटबाट हाउसफुल पार्दै अञ्जुले पुरस्कार स्वरुप १२५ सीसीको टिभीएस स्कुटर पाएकी हुन् ।

Advertisement

सो स्कुटरको बजार मूल्य २ लाख ३१ हजार पर्छ । दशैं तिहारको अवसर पारेर धनकुटाको देउराली यूवा क्लवले हाउजी बिङ्गो खेल आयोजना गरेको हो । हाउजी खेल्नका लागि धनकुटा बजारसहित हिले, पाख्रीवास, सिधुवा, मुलघाट, भेडेटार लगायत क्षेत्रबाट पनि सयौँको सङ्ख्यामा मानिसहरू आएका थिए ।

यसअघि गत आइतबार भएको हाउजी खेलमा धनकुटा–६ नसाल चोकका निकेश खड्गीले हाउसफुल गर्दै १५० सीसीको पल्सर मोटरसाइकल जितेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!