रबिन कटेल
फायल तस्वीर

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ स्थित दहरमा आज ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा–१३ असारीमा २२ बर्षीय बिकाश राई छन् ।

विहान साढे ९ बजे गिट्टी बोकेर दहरबाट सिद्रेतर्फ जाँदै गरेको प्र २–०१–००१ त १०३३ नंम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक राई घाइते भएका थिए ।

Advertisement

उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो । अस्पताल ल्याउने बित्तिकै डाक्टरले उनलाई मृत घोषित गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement