- संगालोखबर सम्वाददाता
फायल तस्बीर

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गएराती ५५५६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक मैवाखोला–५ काम्सङका ३१ बर्षीय पासाङ शेर्पा, उनका भाई २४ बर्षीय फुर्वा शेर्पा, मैवाखोला–४ ओदकका २२ बर्षीया शर्मिला शेर्पा र उनकी बहिनी १७ बर्षीया लाकी शेर्पाको मृत्यु भएको हो ।

Advertisement

चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिव २०० मिटर तल खसेको छ । ट्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युतको सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जनासमेत घरतर्फ फर्किने क्रममा ट्याक्टरमा सवार थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!