- संगालोखबर सम्बाददाता
फायल तस्बीर

उदयपुर । उदयपुरमा आफूलाई विशेष प्रहरी भएको बताउँदै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतामाई गाउँपालिका–७ मुर्कुर्चीका २३ वर्षीय दिलिप भनिने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका–१२ पुरानो गाईघाटका ३३ वर्षीय सन्तोष चौधरी छन् ।

उनीहरुले आफू सिभिल (सादा पोसाकका) प्रहरी भएको भन्दै सर्वसाधारणलाई धम्की दिएर जवरजस्ती रकम मागेर ठगी गरेको आरोप छ । चौदण्डीगढी नगरपालिका–८ घर भई त्रियुगा नगरपालिका–१२ त्रिवेणी टोलमा बस्दै आएका राजबल राईलाई जबरजस्ती नियन्त्रणमा लिएर उनीहरुले ठगी गरेका थिए । स ३ प ९१५५ नम्बरको मोटरसाइकलमा सवार रहेका मगर र चौधरीले राईको साथबाट २० हजार नगद र मुक्तिनाथ विकास बैंकको ५० हजारको चेकमा जबरजस्ती हस्ताक्षर गराइ रेडमी ८ मोडलको स्मार्ट मोबाइलसमेत लिएर गएका थिए ।

आफू ठगीमा परेपछि राईले जिल्ला प्रहरी कार्यालय उदयपुरमा जानकारी गराएका थिए । प्रहरीले खोजतलासका क्रममा उनीहरुलाई रौतामाई–७ मुर्कुची बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!