धनकुटामा यस्तो देखियो एमालेको चुनावी घरदैलो अभियान (फोटो फिचरसहित)

धनकुटामा यस्तो देखियो एमालेको चुनावी घरदैलो अभियान (फोटो फिचरसहित)

धनकुटा । नेकपा एमालेका उम्मेदवारहरूले आज धनकुटा नगरपालिका–५ मा चुनावी घरदैलो गरेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्र राईसहित प्रदेश सभा सदस्यका समानुपातिक उम्मेद्वार शिव आङ्ला र मनकुमारी तितुङको टोलीले चुनावी घरदैलो गरेको हो । उम्मेद्वार राई दिउँसो पाख्रीवासको चुनावी कार्यक्रममा थिए । त्यहाँबाट फर्किएपछि साँझ धनकुटा–५ तल्लो कोप्चे, माथ्लो कोप्चे र बिहिबारे हटिया आसपास क्षेत्रमा घ...
धनकुटामा गोठमा बाँधेका तीन वटा गाईको खुट्टा काटियो, दुध बोक्ने टेम्पु पनि तोडफोड

धनकुटामा गोठमा बाँधेका तीन वटा गाईको खुट्टा काटियो, दुध बोक्ने टेम्पु पनि तोडफोड

धनकुटा । धनकुटा नगरपालिका–६ माथिल्लो खाल्डेका टिकाराज कार्कीको गोठमा बाँधेका तीन वटा गाईमाथि गएराती अज्ञात समूहले आक्रमण गरेर दुध बोक्ने टेम्पु पनि तोडफोड गरेको छ । घर नजिकै गोठमा बाँधेका तीन वटा गाईको एक/एक वटा खुट्टा काटिएको हो । दुध बोक्न प्रयोग गरिदै आएको प्रदेश १–०२–००२ स १८९९ नम्बरको टेम्पु तोडफोड गरिएको हो । राती करिब साँढे ११ बजेपछि घटना भएको पीडित कार्की बताउँछन् । ‘राती साँढे ११ बजे त...
बुबाको कुटाइबाट दुई वर्षीया छोरीको मृत्यु, श्रीमती घाइते

बुबाको कुटाइबाट दुई वर्षीया छोरीको मृत्यु, श्रीमती घाइते

ओखलढुंगा । ओखलढुंगामा बुबाको कुटाइबाट छोरीको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–३ अँधेरीका ३५ वर्षीय राजेन्द्र राईले दुई बर्षीया छोरी ऋतिकालाई कुटपिट गर्दा उनको मृत्यु भएको हो । गएराती मादक पदार्थ सेवन गरेका राई र उनकी श्रीमतीबीच विवाद भएको थियो । सोही क्रममा उनले श्रीमती २१ वर्षीया उषा राईलाई कुटपिट गरी घाइते बनाएका थिए । प्रहरीका अनुसार आक्रमण गर्न थालेपछि छोरी लिएर भाग्न खोजेकी श्रीमतीबाट...
सुनसरीबाट १ सय ७५ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरीबाट १ सय ७५ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थितबाट अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । गएराती प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा रहेको बा.११ च ३०४२ नम्बरको स्कारपियो गाडी चेकजाँच गरेको थियो । सोही क्रममा गाडीभित्र १ सय ७५ किलोग्राम गाँजा र १ लाख १ हजार ४ सय २५ रुपैयाँ नगद बरामद भएको हो । गाँजा फेला परेपछि स्कारपियो, चालक इटहरी उपमहानगरपालिका–४ का ३...
प्रदेश १ का ३ जिल्लामा टेलिकमको फाइबर सेवा अवरूद्ध

प्रदेश १ का ३ जिल्लामा टेलिकमको फाइबर सेवा अवरूद्ध

विराटनगर । नेपाल टेलिकमको अप्टिकल फाइबर लिंकमा खराबी आएपछि खोटाङसहित प्रदेश १ का तीन जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवा अवरूद्ध भएको छ । सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने रेग्मीटार आसपासमा जडान गरिएको फाइबर लिंकमा समस्या आएपछि खोटाङ, सोलुखुम्बु र ओखलढुंगामा सेवा अवरूद्ध भएको हो । फाइबर सेवा अवरूद्ध भएपछि आइतबार दिउँसोदेखि तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरूद्ध ह...
धनकुटामा गरियो नमुना मतदान

धनकुटामा गरियो नमुना मतदान

धनकुटा । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै आज धनकुटामा नमुना मतदान गरिएको छ । निर्वाचनमा बदर मत कम गर्न जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान गराएको हो । मतदानका लागि धनकुटा नगरपालिका–७ सिरवानीस्थित पशु विज्ञ तथा भेटेरीनरी कार्यालय परिषरमा मतदान केन्द्र बनाइएको थियो । त्यहाँ कर्मचारी, सेवाग्राही, पत्रकार र स्थानीयले मतदान गरेका छन् । नमुना मतदानमा...
बिर्तामोडमा पिकअपको ठक्करबाट साइकलयात्रीको मृत्यु

बिर्तामोडमा पिकअपको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा आज पिकअपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय उदयबहादुर गहतराज छन् । बिहान ५ बजे प्रदेश १–०१–००१ च ८३१९ नम्बरको पिकअपले ठक्कर दिँदा गहतराज घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने पिकअप र चालक मोरङको पथर...
पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

धनकुटा । धनकुटासहित पूर्वी नेपालका बिभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । आज राती १० बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । धनकुटा, तेह्रथुम, संखुवासभा, पाँचथर, सुनसरी, मोरङ, झापा लगायत जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको केन्द्रविन्दू र रेक्टरस्केल पत्ता लाग्न वाँकी छ ।
धनकुटामा कांग्रेस र माओवादीका दुई सय नेता कार्यकर्ता एमालेमा प्रवेश

धनकुटामा कांग्रेस र माओवादीका दुई सय नेता कार्यकर्ता एमालेमा प्रवेश

धनकुटा । धनकुटामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दुई सय भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले धनकुटाले शनिवार जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा कांग्रेस र माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र चौविसे गाउँपालिका ४ नं. वडा कमिटीका अध्यक्ष रोशन भण्डारी, गाउँ कमिटी सचिवालय सदस्य मात्रिका घिमिरे, नेपाली कांग्रेस सह...
कन्याममा ४ करोडमा बनेको ‘स्काई वाक’ टावर उद्घाटन

कन्याममा ४ करोडमा बनेको ‘स्काई वाक’ टावर उद्घाटन

इलाम । इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्याममा ‘स्काई वाक’ का लागि बनेको टावर उद्घाटन गरिएको छ । १२ जना महिलाले ४ करोड रुपैयाँ लगानीमा बनाएको टावर नगरप्रमुख रणबहादुर राईले शुक्रबार उद्घाटन गरेका हुन् । नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलोपटक स्काई वाक सुरू भएको बताइएको छ । डेढ वर्षमा निर्माण सकेर कात्तिक १८ गतेदेखि पर्यटकका लागि यो खुला गरिएको हो । स्काई ट...
विराटनगरको कोल्डस्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जनाको मृत्यु

विराटनगरको कोल्डस्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जनाको मृत्यु

विराटनगर  । विराटनगर महानगरपालिका–४ मा रहेको रामजानकी कोल्डस्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जना कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–५ का ५४ वर्षीय रौदी चौधरी छन् । बिहीबार दिउँसो अचानक ग्यास लिक हुँदा चौधरीको मृत्यु भएको हो । उनी कोल्डस्टोरका मिस्त्री हुन् । कोल्डस्टोरभित्र ग्यास लिक भएपछि निसास्सिएर बेहोस भएको अवस्थामा चौधरीलाई फेला पारिएको थियो । उपचारका लागि विराट नर्सिङ होम...
विराटनगरमा बुबाका साथीद्वारा ६ वर्षीया बालिका बलात्कृत

विराटनगरमा बुबाका साथीद्वारा ६ वर्षीया बालिका बलात्कृत

विराटनगर । विराटनगरमा ६ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१२ का ३८ वर्षीय संजन कामत छन् । कात्तिक ११ गते दिउँसो घरमा कोही नभएका बेला कामतले बालिकालाई बलात्कार गरेको आरोप छ । कामत बालिकाका बुबाका साथी हुन् । उनी बिजुली मिस्त्रीका रुपमा काम गर्छन् । घरमा विद्युतको सप्लाईमा समस्या भएकाले बालिकाका बुबाले कामतलाई विद्युत मर्मत गर्न घरमा बोलाएर उनी ज्याल...
मोरङमा भरुवा बन्दुक देखाएर श्रीमतीलाई कुटपिट गर्ने एक जना पक्राउ

मोरङमा भरुवा बन्दुक देखाएर श्रीमतीलाई कुटपिट गर्ने एक जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारीमा भरुवा बन्दुक देखाएर श्रीमतीलाई कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–२ सिमसार टोलका ३१ वर्षीय दीपक विश्वकर्मा छन् । मादक पदार्थ सेवन गरी उनले आफ्नो घरमा रहेको भरुवा बन्दुक देखाएर श्रीमतीलाई कुटपिट गर्ने गरेका थिए । घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको टोलीले १ थान भरुवा बन्दुकसहित बुधबार दिउँसो उ...
महालक्ष्मी पुग्यो एमालेको घरदैलो अभियान

महालक्ष्मी पुग्यो एमालेको घरदैलो अभियान

धनकुटा । नेकपा एमालेका उम्मेदवारहरूले आजबाट धनकुटाको महालक्ष्मी नगरपालिकामा घरदैलो अभियान सुरु गरेका छन् । एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्र राई र क्षेत्र नं. २ का प्रदेश सभा सदस्यका उम्मेद्वार इन्द्रमणी पराजुलीले सामूहिक रुपमा महालक्ष्मी नगरपालिका–१ बाट घरदैलो अभियान थालेका हुन् । उम्मेदवारहरूले महालक्ष्मी नगरपालिका–१ मच्चेपुबाट अभियान सुरु गरेका छन् । अभियानको पहिलो द...
रोकेर राखेको स्काभेटरमा आगजनी गर्ने एक जना पक्राउ

रोकेर राखेको स्काभेटरमा आगजनी गर्ने एक जना पक्राउ

ओखलढुङ्गा । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–२ स्थित बाङ्गे खोला नजिक सडक छेउमा रोकेर राखेको स्काभेटरमा आगजनी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिशंखुगढी–१ का २९ वर्षीय तुलसी राज अधिकारी छन् । सडक छेउमा रोकेर राखेको अवस्थामा सृजनशील कन्स्ट्रक्सन प्रा.लि.को बा.३ ख ४३०६ नम्बरको स्काभेटर कार्तिक १४ गते राती आगजनि भएको थियो । आगजनिबाट स्काभेटर पूर्णरुपमा जलेको थियो । घटनाको जानकारी पा...
मोरङको बुढीगंगामा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङको बुढीगंगामा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ । मोरङको बुढीगंगा गाउँपालिका–२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–६ का ३० बर्षीय राम मण्डल छन् । मंगलबार अपरान्ह ४ बजे मण्डलले घर निर्माणको लागि बाँस काट्ने क्रममा बाँसले बिद्युतको हाइटेन्सन तारमा छुदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका मण्डललाई उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म...
धरानबाट लागूऔषधसहित एक जना पक्राउ

धरानबाट लागूऔषधसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–११ बाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–११ का ४६ वर्षीय बिरु भुजेल छन् । विषेश सूचनाका आधारमा खटिएको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर आईआईटी र इलाका प्रहरी कार्यालय धरानको टोलीले भुजेललाई उनको घरबाटै पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले स्पासपेन १७१६  ट्याबलेट, ट्रामोल २७७५ क्याप्सुल, स्पास्मो प्रोक्सिभन प्लस ६७५ क्याप्सुल...
धनकुटामा तिहार लगत्तै गाउँ पसे एमाले उम्मेद्वार

धनकुटामा तिहार लगत्तै गाउँ पसे एमाले उम्मेद्वार

धनकुटा । तिहार सकिए लगत्तै धनकुटामा उम्मेदवारहरू पुनः चुनावी घरदैलो अभियानमा जुटेका छन् । उम्मेद्वारी मनोनयन दर्तादेखि नै चुनावी घरदैलोमा जुटेका उम्मेदवारहरू तिहार सकिएपछि पुनः मतदाताको घरघरमा पुग्न थालेका हुन् । भाइटीकाको भोलिपल्टदेखि नै उम्मेदवारहरू गाउँ पसेका छन् । नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्र राईले भाइटीकाको भोलिपल्टबाटै छथर जोरपाटी गाउँपालिकामा घरदैलो अभ...
मोरङ छ का सबै सीट एमालेले जित्ने बस्नेतको दावी

मोरङ छ का सबै सीट एमालेले जित्ने बस्नेतको दावी

विराटनगर । नेकपा एमालेका युवा नेता पर्शुराम बस्नेतले मोरङको क्षेत्र नं. ६ मा प्रतिनिधि सभा र प्रदेशसभाका दुवै स्थान एमालेले जित्ने दावी गरेका छन् । एमालेको तर्फबाट मोरङ क्षेत्र नम्बर ६ (२) का प्रदेश सभा सदस्यका उम्मेदवारसमेत रहेका नेता बस्नेतले चुनावी प्रचार अभियानका क्रममा सोमवार सञ्चारकर्मीहरूसँगको कुराकानीमा यस्तो दावी गरेका छन् । बस्नेतले अरुलाई हराउन भन्दा पनि आफू जित्न चुनावी प्रचार अभिया...
उर्लाबारीमा छठ हेर्न आएका बालकको हत्यामा संलग्न पाँच जना पक्राउ

उर्लाबारीमा छठ हेर्न आएका बालकको हत्यामा संलग्न पाँच जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारीमा छठ हेर्न आएका १४ बर्षीय बालकको हत्यामा संलग्न पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी–६ का १६ वर्षीय मन्जिल माझी, १७ वर्षीय सरोज बस्नेत, सन्देश खवास, विकास तामाङ र उर्लाबारी–७ का १६ वर्षीय सपन खत्री छन् । आइतबार राति छठको रमझम हेर्न आएका झापाको दमक–१० का धनबहादुुर श्रेष्ठका छोरा दियुषको हत्या भएको थियो । उनी उर्लाबारी–७ स्थित मावा खोलामा छठको रमझम हेर्...
मोरङको उर्लाबारीमा छठ हेर्न आएका बालकको छुरा हानेर हत्या

मोरङको उर्लाबारीमा छठ हेर्न आएका बालकको छुरा हानेर हत्या

मोरङ । मोरङको उर्लाबारीमा छठ हेर्न आएका बालकको छुरा प्रहार गरी हत्या भएको छ । आइतबार राति छठको रमझम हेर्न आएका झापाको दमक–१० का धनबहादुुर श्रेष्ठका १४ बर्षिय छोरा दियुषको हत्या भएको हो । उनी उर्लाबारी–७ स्थित मावा खोलामा छठको रमझम हेर्न आएका थिए । त्यही बेला छुरा प्रहार भएको प्रहरीले जनाएको छ । मावा खोला झापा र मोरङको सीमा छुट्याउने खोला हो । उनीमाथि राति करिव साढे १० बजे छुरा प्रहार भएको थियो...
धनकुटाका प्रकाशले जिते हाउजीमा मोटरसाइकल

धनकुटाका प्रकाशले जिते हाउजीमा मोटरसाइकल

धनकुटा । धनकुटा नगरपालिका–७ सिरवानीका प्रकाश कर्माचार्यले हाउजी बिङ्गो खेलमा हाउसफुल गर्दै मोटरसाइकल पुरस्कार पाएका छन् । धनकुटा बसपार्कमा आज राती खेलाइएको हाउजी बिङ्गो खेलमा हाउसफुल पार्दै कर्माचार्यले पुरस्कार स्वरुप १५० सीसीको पल्सर मोटरसाइकल पाएका हुन् । ३ सय रुपैयाँको टिकटबाट उनले २ लाख ८० हजार मूल्य बराबरको मोटरसाइकल पाउँन सफल भएका हुन् । दशैं तिहार तथा छठ पर्वको अवसर पारेर स्थानीय देउराल...
मुख्यमन्त्री हुँदा भोजपुरका लागि गरेका काम समेटेर शेरधनले सार्वजनिक गरे स्वेतपत्र

मुख्यमन्त्री हुँदा भोजपुरका लागि गरेका काम समेटेर शेरधनले सार्वजनिक गरे स्वेतपत्र

भोजपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् भोजपुरबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लाका लागि गरेका कामहरु समेटेर श्वेतपत्र सार्वजनिक गरेका छन् । भोजपुरको हतुवागढी, घोरेटारमा आज एक कार्यक्रम गरेर राईले श्वेतपत्र सार्वजनिक गरेका हुन् । उनी तीन वर्ष छ महिना सात दिन प्रदेश नं १ को मुख्यमन्त्री बनेका थिए । २०७४ फागुन २ गते संस्थापक मुख्य...
मुलघाटको पुलबाट खसेर बृद्धको मृत्यु

मुलघाटको पुलबाट खसेर बृद्धको मृत्यु

धनकुटा । धनकुटाको मुलघाटस्थित तमोर नदीको पुलबाट खसेर एक बृद्धको मृत्यु भएको छ । पुलमा हिड्ने क्रममा लडेर नदीको बगरमा खस्दा मुलघाटका ८० वर्षीय छत्रबहादुर साङपाङ राईको मृत्यु भएको हो । आज बिहान करिब १०ः४५ बजे पुलमा हिडिरहेका बेला बृद्ध साङपाङ नदीको बगरमा खसेको प्रत्यक्षदर्शी सोवित श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । पुलबाट खसेर भुईमा बजारिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित पुरानो ट्रान्सपोर्ट नजिक कोशी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार साँझ साढे ५ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १ ०२०४१ प ४४११ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेका को ४ प १४१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा १४१० नम्बरको मोटरसाइकल चालक धरान–१५ का ४० वर्षीय राजन राई र...
धनकुटाका पुराना कम्युनिष्ट नेता भद्रमान घलेको निधन

धनकुटाका पुराना कम्युनिष्ट नेता भद्रमान घलेको निधन

धनकुटा । धनकुटाका पुराना कम्युनिष्ट नेता एवं दलित मुक्ति आन्दोलनका अगुवा भद्रमान घलेको निधन भएको छ । धनकुटा नगरपालिका–५ बिहिबारे हटिया घर भएका घलेको ९० वर्षको उमेरमा गएराती करिब १ बजे विराटनगरमा निधन भएको हो । घले लामो समयदेखि दम रोगबाट ग्रसित थिए । उनी केही समययता विराटनगरस्थित छोरीको घरमा बस्दै आएका थिए । श्वासप्रश्वासको समस्याका कारण उनलाई अक्सिजन दिएर राखिएको थियो । धनकुटाको बिहिबारे हटिया...
धनकुटाकी आयुषाले भेटेको ५ तोला सुन र पैसा दिइन् फिर्ता

धनकुटाकी आयुषाले भेटेको ५ तोला सुन र पैसा दिइन् फिर्ता

धनकुटा । धनकुटा नगरपालिका–७ सब्जिलाइनकी आयुषा चौधरीले भेटाएको सुन, पैसा र मोवाइल सम्बन्धित धनीलाई फिर्ता दिएकी छन् । १६ बर्षीया चौधरीले ५ तोला बराबरका सुनका गहना, ६ हजार नगद र मोवाइल सेट फिर्ता दिएकी हुन् । सब्जिलाइन स्थित चौतारामा सोमबार बिहान करिब १० बजे उनले गहना, पैसा र मोवाइलसहितको हाते ‘व्याग’ भेटाएकी थिइन् । झोला फेला परेपछि प्रहरीको सहयोगमा खोजी गरेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो ।...
पत्रकार महासंघले गर्यो शुभकामना आदानप्रदान, हाउजीमा राई र लम्जेलले पारे हाउसफुल

पत्रकार महासंघले गर्यो शुभकामना आदानप्रदान, हाउजीमा राई र लम्जेलले पारे हाउसफुल

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आइतबार तिहारसहितका चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । काग तिहारको अवसर पारेर तिहार, छठ, नेपाल सम्वत्, वाढाङ्मी, चासोक तङनाम र उँधौली पर्वको शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रममा महासंघका तर्फबाट अध्यक्ष नगेन्द्र राईले सहभागीहरूलाई शुभकामना व्यक्त गरे । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङसहित बिभिन्न संघसंस्था, राजनीतिक दल लगायत...
सयपत्री फूल खेतीबाट मनग्य कमाउँदै श्रेष्ठ

सयपत्री फूल खेतीबाट मनग्य कमाउँदै श्रेष्ठ

धनकुटा । धनकुटा नगरपालिका–५ कर्मिटारका गोविन्द श्रेष्ठले सयपत्री फूल खेतीबाट मनग्य आम्दानी गर्ने गरेका छन् । तीन वर्ष अघिदेखि व्यवसायिक फूल खेतीमा लागेका श्रेष्ठले अहिले फुल बिक्री गरेर वार्षिक ४ लाख भन्दा बढी कमाइरहेका छन् । श्रेष्ठले करिब तीन रोपनी क्षेत्रफलमा फूल खेती गर्दै आएका छन् । उनको बारीमा फुलेको फुल धरान, विराटनगर लगायत ठूला शहरहरूमा पुग्ने गर्छ । तिहारका बेला सयपत्री फुल किन्न व्याप...
श्रीमान र छोराको कुटाइबाट विष्णुकुमारीको मृत्यु

श्रीमान र छोराको कुटाइबाट विष्णुकुमारीको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र छोरा पक्राउ परेका छन् । छोरासँग मिलेर कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा आठराई त्रिवेणी गाउँपालिका–३ हाङ्पाङका ४५ वर्षीय विद्याराज लिम्बू पक्राउ परेका हुन् । दाउराको चिर्पट प्रहार गरी विष्णुकुमारी लिम्बूको हत्या गरेको आरोपमा २१ वर्षीय छोरा मनोज लिम्बूसहित विद्याराज पक्राउ परेका हुन् । गत असोज २७ गते बाबुछोरा मिलेर व...
धनकुटाको सहिदभूमिकी अञ्जुले जितिन् हाउजीमा स्कुटर

धनकुटाको सहिदभूमिकी अञ्जुले जितिन् हाउजीमा स्कुटर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–६ थलथलेकी अञ्जु राईले हाउजी बिङ्गो खेलमा हाउसफुल गरेर स्कुटर पुरस्कार पाएकी छन् । धनकुटा बसपार्कमा आज राती सञ्चालित हाउजी बिङ्गो खेलमा ३ सय रुपैयाँको टिकटबाट हाउसफुल पार्दै अञ्जुले पुरस्कार स्वरुप १२५ सीसीको टिभीएस स्कुटर पाएकी हुन् । सो स्कुटरको बजार मूल्य २ लाख ३१ हजार पर्छ । दशैं तिहारको अवसर पारेर धनकुटाको देउराली यूवा क्लवले हाउजी बिङ्गो खेल आयोजना गरे...
error: Content is protected !!