- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको उत्तरपानीमा आज बिहान बाबुले आफ्नै छोराको हत्या गरेका छन् । धनकुटाको पाख्रीवास नगरपालिका–९ उत्तरपानीका ५४ बर्षीय उपेन्द्र ठाडा मगरले छोरा ३० बर्षीय सन्तोषको हत्या गरेका हुन् ।

सामान्य घरायसी विवादका क्रममा बिहान करिब ८ः३० बजे उपेन्द्रले छोरा सन्तोषमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरीले घाँटीमा लागेर सन्तोषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए ।

Advertisement

‘आवेगमा आएर छोरामाथि खुकुरी प्रहार गरेको देखिन्छ,’ घटनास्थल पुगेका एसपी अधिकारीले संगालोखबरसँग भने, ‘हामी अहिले घटनास्थलमै छौं, घटनाको यकिन कारण के हो पत्ता लाग्न बाँकी छ ।’

छोराको हत्या गर्ने उपेन्द्रलाई घटनापछि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी बरामद गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!