- संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

झापा । झापामा काकाले भतिजलाई गोली प्रहार गरी आफैले आत्महत्या गरेका छन् ।

गौरादह नगरपालिका–८ जुरोपानीका ३५ बर्षीय बिरन साहले आफ्नै भतिज १५ बर्षीय हेमराज साहलाई गोली प्रहार गरेका थिए । भतिजालाई गोली प्रहार गरी उनी पनि गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।

Advertisement

मंगलवार साँझ ७ बजे बिरनले वाद विवादका क्रममा आफ्नै भतिज हेमराजलाई गोली प्रहर गरी घाइते बनाएर घरबाट भागेका थिए । घरबाट भागेका बिरेन घरदेखि करिव १०० मिटर पर सुकुना खोला किनारमा कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।

गोली लागेर घाइते भएका हेमराजको बिर्तामोडस्थित वीएण्सी अस्पतालमा उपचार भइरहेको छ । घटनाको जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल १ थान, म्यागजिन २ थान, गोलीको खोका १ थान र १५ राउण्ड गोली बरामद गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!