- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–५ कर्मिटारका गोविन्द श्रेष्ठले सयपत्री फूल खेतीबाट मनग्य आम्दानी गर्ने गरेका छन् । तीन वर्ष अघिदेखि व्यवसायिक फूल खेतीमा लागेका श्रेष्ठले अहिले फुल बिक्री गरेर वार्षिक ४ लाख भन्दा बढी कमाइरहेका छन् ।

Advertisement

श्रेष्ठले करिब तीन रोपनी क्षेत्रफलमा फूल खेती गर्दै आएका छन् । उनको बारीमा फुलेको फुल धरान, विराटनगर लगायत ठूला शहरहरूमा पुग्ने गर्छ । तिहारका बेला सयपत्री फुल किन्न व्यापारीहरू बारीमै आइपुग्ने गरेका छन् । फूलको माग धेरै छ । तर, बजार माग अनुसार अझै फुल उत्पादन गर्न नसकेको श्रेष्ठ बताउँछन् ।

अहिले प्रतिमुठा २ सयदेखि ३ सयसम्ममा बारीबाटै फुल बिक्री हुने गरेको छ । उनले २५ हजारको बीउबाट लाखौं आम्दानी लिइरहेका छन् ।

सयपत्री फूलको बजार राम्रो रहेको र व्यवसायिक फुल खेती गर्दा राम्रो सम्भावना रहेको श्रेष्ठको भनाई छ । मेहनत धेरै परेपनि मेहनत अनुसारको आम्दानी लिन सकिने उनको बुझाई छ । स्थानीय सरकारले फूल खेतीको व्यवसायिक विस्तारका लागि सहयोग गर्नुपर्ने उनको माग छ । फूल खेती गर्न चाहनेहरूका लागि बेलैमा बिउबिजन उपलब्ध गराइएमा कृषकहरूलाई सहज हुने उनी बताउँछन् ।

धनकुटामा गोविन्द जस्ता धेरैले व्यवसायिक रुपमा फुल खेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् । तर, यस पटक समयमै फुल नफुल्दा समस्या भएको कृषकहरूको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!