- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटा नगरपालिका–४ दानावारीस्थित गोपाल अधिकारीको घरमा आज अपरान्ह ग्यास लिक भएर आगलागी भएको छ । अपरान्ह करिब ४ बजे अधिकारीको भान्साकोठामा खाना पकाउने सिलिण्डरबाट ग्यास लिक भएर आगो लागेको हो ।

आगलागीबाट भान्साकोठा जलेर नष्ट भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । आगलागीमा परी भान्साकोठासहित त्यहाँ रहेको अन्नपात, ¥याक, भाडा लगायत  सामाग्री जलेर नष्ट हुँदा करिब ४० हजार बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।  स्थानीयबासीले करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।

दिउँसो सेल रोटी पकाउने क्रममा सिलिण्डरबाट ग्यास लिक भएर आगो लागेको स्थानीय उपेन्द्र खनालले जानकारी दिए । ‘कोसेली लैजानका लागि रोटी पकाउँदै गर्दा सिलिण्डरबाट ग्यास लिक भएर आगो फैलिएछ,’ खनालले संगालोखबरसँग भने, ‘ग्यासबाट आगो फैलिएका बेला रोटी पकाउँदै गरेको तेलमा पनि आगो सल्किएर झन फैलिएर आगलागी भएछ ।’

वर्षा भइरहेका बेला आगो लागेकाले घरमा थप क्षति हुनबाट जोगिएको खनालले बताए । यसैबीच, आगो निभाउने क्रममा सोही घरका छोरा डिल्ली अधिकारी आगोले पोलेर सामान्य घाइते भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!