संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

ताप्लेजुङ । ताप्लेजुङमा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र छोरा पक्राउ परेका छन् । छोरासँग मिलेर कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा आठराई त्रिवेणी गाउँपालिका–३ हाङ्पाङका ४५ वर्षीय विद्याराज लिम्बू पक्राउ परेका हुन् ।

दाउराको चिर्पट प्रहार गरी विष्णुकुमारी लिम्बूको हत्या गरेको आरोपमा २१ वर्षीय छोरा मनोज लिम्बूसहित विद्याराज पक्राउ परेका हुन् । गत असोज २७ गते बाबुछोरा मिलेर विष्णुकुमारीमाथि कुटपिट गरेका थिए ।

Advertisement

कुटपिट भएको केही दिनपछि विष्णुकुमारीको मृत्यु भएको थियो । कुटपिटका उनको कारण मृत्यु भएपछि बाबुछोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!