संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिएका स्वतन्त्र उम्मेद्वार हेमराज भण्डारीले माछा चुनाव चिन्ह पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भण्डारीलाई आज अपरान्ह चुनाव चिन्ह प्रदान गरेको हो ।

Advertisement

निर्वाचन आयोगले निर्धारण गरेको चुनाव चिन्ह मध्ये आफुलाई उपयुक्त लागेको चिन्ह उम्मेद्वारले रोज्न पाउँछन् । सोही बमोजिम आफुले माछा चुनाव चिन्ह रोजेको उम्मेद्वार भण्डारीले बताए । मतदातालाई चिनाउँन सजिलो हुँने भएकाले चुनाव चिन्ह माछा रोजेको भण्डारीको भनाई छ ।

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा धनकुटा इन्चार्जसमेत रहेका नेता भण्डारीले पदबाट राजीनामा दिदैैं स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । यता, माओवादी केन्द्रसम्मिलित सत्ता गठबन्धनले भने कांग्रेस नेता सुनिल बहादुर थापालाई उम्मेद्वार बनाएको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज राजेन्द्र राई पनि प्रतिनिधि सभा सदस्यको उम्मेद्वार छन् । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सुनिल बहादुर थापालाई भारी मतान्तरले पराजित गरेका राईलाई एमालेले पुनः उम्मेद्वार बनाएको छ ।

धनकुटामा अब पुनः एमालेका राई र कांग्रेसका थापासँगै स्वतन्त्र उम्मेद्वार भण्डारीबीच पनि मुख्य प्रतिष्प्रधा हुँने देखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!