- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाई नजिक कोशी राजमार्गमा गुडिरहेको पिकअप गाडीमा आगो लागेको छ । हिलेबाट टमाटर बोकेर धरानतर्फ जाँदै गरेको प्रदेश नं.२–०१–००१ च ०२४१ नम्बरको योध्दा पिकअप गाडीमा गएराती करिब २ बजे आगो लागेको हो ।

Advertisement

आगो लाग्दा पिकअपको अगाडिको भाग जलेको छ । गाडीमा आगो लाग्ने वित्तिकै चालक निस्किएकाले मानवीय क्षति भने हुँन नपाएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

सो गाडीका चालक, अन्य गाडीका कर्मचारी र प्रहरीले करिब आधा घण्टापछि आगो नियन्त्रण गरेका थिए । वायरिङ सर्ट भएर गाडीमा आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

केही दिन अघि भेडेटार नजिक यात्रुबाहक बसमा पनि आगो लागेको थियो । पछिल्लो समय गुडिरहेको गाडीमा आगो लाग्ने क्रम बढिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!