- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–७ सब्जिलाइनकी आयुषा चौधरीले भेटाएको सुन, पैसा र मोवाइल सम्बन्धित धनीलाई फिर्ता दिएकी छन् । १६ बर्षीया चौधरीले ५ तोला बराबरका सुनका गहना, ६ हजार नगद र मोवाइल सेट फिर्ता दिएकी हुन् ।

सब्जिलाइन स्थित चौतारामा सोमबार बिहान करिब १० बजे उनले गहना, पैसा र मोवाइलसहितको हाते ‘व्याग’ भेटाएकी थिइन् । झोला फेला परेपछि प्रहरीको सहयोगमा खोजी गरेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो । उदयपुरको बेल्टार घर भई रोजगारीका लागि धनकुटा नगरपालिका–७ तमोर भ्याली स्कुल नजिक डेरा गरेर बस्दै आएका माधव दाहाल र उनकी श्रीमती मेनुकाको सामान रहेको पत्ता लागेपछि उनीहरुलाई फिर्ता दिइएको हो ।

दाहाल दम्पती बिहान इटहरी जाने क्रममा चौतारामा ब्याग छुटेको बताइएको छ । तर, ब्याग त्यहाँ छुटेको उनीहरूलाई पत्तो थिएन । पछि साथमा व्याग नभएको थाहा पाएपछि उनीहरूले खोजी गरेका थिए । सोही क्रममा प्रहरीको सहयोग र समन्वयमा उनीहरूले सामान फिर्ता पाएका हुन् । ब्यागमा सुनको एक तोलाको नौगेडी, एक तोलाको चुरा, २ तोलाको दुई वटा औठी, एक तोलाको सिक्री र एउटा मोवाइलसहितका सामान थिए ।

आयुषाकी आमाले सोही चौतारामा चटपटे बनाएर बेच्दै आएकी छन् । आमासँग आएकी आयुषाले सामान फेला पारेकी थिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!