- संगालोखबर सम्वाददाता

धरान । धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित गैरीगाउँको खहरे खोलामा आज एक युवाको शव फेला परेको छ । गैरीगाउँका करिव २५ वर्षीय रुपेश खातुन खहरेमा मृत फेला परेका हुन् ।

Advertisement

बिहान करिव ७ बजे स्थानीयले खातुनलाई पानीमा घोप्टो अवस्थामा डुबिरहेको देखेका थिए । टाउकोमा चोट लागेको र पानीमा घोप्टो परेर डुबिरहेको अवस्थामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

उनी सानिआमासँगै बस्दै आएका थिए । मृतकको कोठामा खानतलासी गर्दा विभिन्न प्रकारका लागुऔषध र लागुऔषध प्रयोग गरिसकेपछिका खोल र सुई फेला परेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!